समाचार

भारी वर्षा जारी, बीसको मृत्यु

१३ पुष २०७८, मंगलवार ०७:१३
भारी वर्षा जारी, बीसको मृत्यु

१३ पुस, एजेन्सी ।  ब्राजिलमा भारी वर्षा जारी रहेको छ । सो वर्षाबाट सोमबारसम्ममा २० जनाको ज्यान गएको बताइएको छ । ब्राजिलको उत्तरपूर्वी बाहियामा सो वर्षाको प्रभाव बढी देखिएको छ ।

सो राज्यमा आएको वर्षाका कारण भौतिक क्षति पनि पुगेको छ । यहाँको प्रकोप नियन्त्रण निकायले सोमबारसम्म सो वर्षाबाट कम्तीमा पनि २० जनाको ज्यान गएको छ भने अरु ३५८ जना घाइते भएका जनाएको छ ।

वर्षापछिको बाढीका कारण उनीहरु घाइते भएका हुन् । सो वर्षाबाट करिब पाँच लाख नागरिक नराम्ररी प्रभावित भएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्