खेलकुद

एएफसी एसियन कपको अन्तिम १६ टुंगियो

१२ माघ २०८०, शुक्रबार ०५:१९
एएफसी एसियन कपको अन्तिम १६ टुंगियो

१२ माघ, काठमाडौं। कतारमा जारी एएफसी एसियन कप फुटबलमा प्रि–क्वाटरफाइनलमा पुग्ने सबै टिमको टुंगो लागेको छ।

समूह एफको अन्तिम खेलमा कीर्गिस्तान र ओमानले एक एक गोलको बराबरी खेल्दा साउदी अरेविया र थाइल्याण्डले पनि गोलरहित बराबरी खेले । साउदी अरेविया शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुग्दा थाइल्याण्ड दोस्रो स्थानका साथ नकआउट चरणमा प्रवेश गर्न सफल भयो समूह एबाट कतार र ताजकिस्तान अन्तिम १६मा प्रवेश गर्दा समूह बीबाट अस्ट्रेलिया र उज्वेकिस्तान प्रवेश गरे ।

६ समूहका विजेता र उपविजेता गरी १२ टिमले अन्तिम १६ मा स्थान बनाउँदा समूहमा तेस्रो भएका चार टिमले पनि अन्तिम १६ मा स्थान बनाएका छन्।

जोर्डन, प्लेस्टाइन, सिरिया र इन्डोनेसियाले उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा स्थान बनाएका हुन्। ओमान र चीन भने उत्कृष्ट तेस्रो टिमको वरीयताको अन्तिम दुई स्थानमा रहदा अन्तिम १६ मा पुग्न सकेनन्।

यसैगरी समूह ‘सी’बाट इरान र युएई पुग्दा समूह ‘डी’बाट इराक र जापानले स्थान सुरक्षित गरे। समूह ‘ई’बाट बहराइन र दक्षिण कोरियाले अन्तिम १६ मा प्रवेश पाउँदा समूह ‘एफ’बाट साउदी अरेविया र थाइल्याण्डले स्थान पक्का गरे।

यसैगरी उत्कृष्ट तेस्रो हुँदै समूह ‘बी’बाट सिरिया, समूह ‘सी’बाट प्यालेस्टाइन, समूह ‘डी’बाट इन्डोनेशिया र समूह ‘ई’बाट जोर्डनले पनि नकआउट चरणमा स्थान पक्का गर्न सफल भए।

नकआउट चरणमा अस्ट्रेलिया र इन्डोनेशिया आमने सामने हुँदा ताजकिस्तानले युएईसँग खेल्ने छ। यो खेल आइतबार हुनेछ। प्रि क्वाटरफाइनल अन्तर्गत बुधबार अन्तिम दुई खेलमा बहराइन र जापान तथा इरान र सिरिया आमने सामने हुनेछन्।

प्रतिक्रिया दिनुहोस्