समाचार

माओवादीका पूर्वब्रिगेड कमाण्डर जितमान पुन पक्राउ, बाबुरामको आपत्ति

११ माघ २०८०, बिहीबार ०७:०४
माओवादीका पूर्वब्रिगेड कमाण्डर जितमान पुन पक्राउ, बाबुरामको आपत्ति

११ माघ, काठमाडौं। तत्कालीन माओवादीको जनमुक्ति सेनाका पूर्वब्रिगेड कमान्डर जितमान पुन (मार्शल) पक्राउ परेका छन् ।

नेपाल समाजवादी पार्टी (नेसपा)का केन्द्रीय सदस्यसमेत रहेका पुन तीन दिनअघि काठमाडौंबाट पक्राउ परे पनि हालैमात्र सार्वजनिक भएको हो । पुन २०५३ सालको एक मुद्दामा तीन दिनअघि काठमाडौंबाट पक्राउ परेका हुन् ।

रुकुमपूर्वको भूमे गाउँपालिकाका पुनलाई जिल्ला अदालत दाङले साढे २ वर्ष कैद र २० हजार जरिवाना हुने फैसला गरेको थियो । सोही मुद्दामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड जनयुद्धका कमाण्डर हुन्। पक्राउ परेका पुन रुकुम पूर्वको भुमे गाउँपालिका १ का हुन्। ‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्शल’ (पूर्वी रूकुम)लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छु अध्यक्ष भट्टराईले भनेका छन्।

‘हामी यो घटनाको तीव्र भर्त्सना गर्दछौं र यसबारे तुरून्त आवश्यक कदम चाल्न जनयुद्धका सुप्रिम कमाण्डार तथा वर्तमान प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौं।’यसबारे तुरून्त ‘आवश्यक कदम’ चाल्न उनले जनयुद्धका सुप्रिम कमाण्डर समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् ।

तर, प्रहरी स्रोतले भने जनयुद्धकालीन मुद्दामा नभई अरु नै मुद्दामा पक्राउ गरिएको दाबी गरेको छ । प्रहरीले यसबारे विस्तृत बताएको छैन ।

प्रतिक्रिया दिनुहोस्