अर्थ / वाणिज्य

बिहीबार सुनको भाउमा गिरावट

११ माघ २०८०, बिहीबार ०६:५२
बिहीबार सुनको भाउमा गिरावट

११ माघ, काठमाडौं। बिहीबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको छ।

बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ रहेको बिहीबार घटेर १ लाख १८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घ जनाएको छ । यसैगरी तेजावी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँ रहेकोमा घटेर १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको भाउ भने बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घ जनाएको छ।

प्रतिक्रिया दिनुहोस्