समाचार

राष्ट्रियसभा सदस्य निर्वाचन: चारजना उम्मेवार चुनावी प्रतिस्पर्धामा

११ माघ २०८०, बिहीबार ०६:४२
राष्ट्रियसभा सदस्य निर्वाचन: चारजना उम्मेवार चुनावी प्रतिस्पर्धामा

११ माघ, काठमाडौं।  फागुन २१ गते पदावधि सकिने १९ जना राष्ट्रियसभा सदस्यको लागि आज मतदान हुँदैछ । प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने निर्वाचन कोशी प्रदेशमा २ पदको लागि हुँदैछ ।

कांग्रेस र माओवादी केन्द्रको अनि एमाले राप्रपा अलग–अलग गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।  कांग्रेसका कृष्णप्रसाद सिटौला र माआवादी केन्द्रकी चम्पा कार्की सत्तागठबन्धनको उम्मेदवार छन् । यता एमालेकी रुक्मिणी कोइराला र राप्रपाका उद्धव पौडेल विपक्षी गठबन्धनको उम्मेवार छन् ।

मतदान दिउँसो ३ बजेसम्म हुनेछ । फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज मतदान भएको हो । एक पद भने राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

निर्वाचनमा प्रदेश सभा सदस्य,गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेकामध्ये कोशीमा कुल ३६७ मतदाता छन् । मतदान सकिएलगत्तै आजै मतगणना सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्