समाचार

बालेन शाहद्वारा मतदान बहिष्कार

११ माघ २०८०, बिहीबार ०६:३१
बालेन शाहद्वारा मतदान बहिष्कार

११ माघ, काठमाडौं। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएका छन्।

हेटौंडामा भइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मेयर बालेन शाह नजाने उनको सचिवालयले जानकारी दिए ।‘कार्य व्यस्तताले गर्दा मेयरसाब भोट हाल्न हेटौंडा जानुहुँदैन,’ बालेनका स्वकीय सचिव भूपदेव शाहले भने, ‘आज उनको भोट हाल्न जाने कार्यतालिका छैन । नियमित वडाध्यक्षहरूसँग भेटघाटसहितका कार्यक्रममा उहाँ व्यस्त हुनुहुन्छ ।’

उपप्रमुख सनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै छन् । बागमती प्रदेशको निर्वाचन राजधानी हेटौंडामा भईरहेको छ ।  बागमती प्रदेशका ४ सिटका  ६ दलका १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

सत्ता गठबन्धनबाट महिलातर्फ कांग्रेसका विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेत उम्मेदवार छन् भने अपाङ्गतातर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका  घनश्याम रिजाल भिड्दै छन् ।

प्रतिक्रिया दिनुहोस्