समाचार

पाँच तलाबाट हाम फाल्दा व्यापारीको मृत्यु

१० माघ २०८०, बुधबार ०८:१२
पाँच तलाबाट हाम फाल्दा व्यापारीको मृत्यु

१० माघ, कैलाली।  कैलालीको धनगढीका एक व्यापारीले आफ्नो घरको पाँच तलाबाट हाम फाल्दा ज्यान गएको छ ।

धनगढी उपमहानगर–४ का ५३ वर्षीय शृंगार सामग्री व्यापारी सन्तोष अग्रवाललाई घरबाट हाम फाल्नासाथ उपचारका लागि स्थानीय नवजीवन अस्पताल लगिए पनि ज्यान बचाउन नसकिएको हो।

घरको छतबाट हाम फालेका व्यापारी अग्रवाललाई उपचारका लागि तत्काल नवजीवन अस्पतालमा लगिएकोमा उपचारको क्रममा उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कुलदीप चन्दले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कूलदिप चन्दले बुधवार बिहान करिब ११ः२० बजे हाम फालेर घाइते भएका अग्रवाललाई तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिएको बताए । उपचारको क्रममा अग्रवालको मृत्यु भएको प्रहरी नायव उपरीक्षक चन्दको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्