madhesh

प्रधानमन्त्री कप क्रिकेट : पुलिसको लगातार पाँचौँ जित, मधेशलाई ६ विकेटले हरायो

१० माघ २०८०, बुधबार ०७:२६
प्रधानमन्त्री कप क्रिकेट : पुलिसको लगातार पाँचौँ जित, मधेशलाई ६ विकेटले हरायो

१० माघ, काठमाडौँ। प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधवार खेलिएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई ६ विकेटको फराकिलो अन्तरले हराएको छ ।

बुधबारको खेलमा विभागीय टोली पुलिसले मधेस प्रदेशलाई ६ विकेटले पराजित गर्‍यो।  काठमाडौंको मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मधेस प्रदेशले दिएको ९७ रनको लक्ष्य पुलिस क्लबले ४ विकेट गुमाएर मात्र १८.३ ओभरमा पुरा गर्‍यो। मधेस प्रदेशले २४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ९६ रन बनाएको थियो।

पुलिसका लागि ओपनिङ ब्याटर सुनिल धमलाले २८ रन बनाए। २७ बलको सामना गरेका धमलाले २ छक्का र ३ चौका प्रहार गरे। यस्तै, अर्का ओपनर कुशल भुर्तेलले १९ रन बनाए। २३ बलको सामना गरेका उनले १ छक्का र २ चौकार प्रहार गरे।

विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद सात रनमा आउट भए । दिलीप नाथले चार रन बनाए । अमित श्रेष्ठ १५ र आरिफ शेखले १६ रनमा अविजित रहे । पुलिस क्लबले अतिरिक्त रूपमा १० रन पाएको थियो । मधेश प्रदेशका बलर रञ्जित कुमार र अरनिको यादवले दुई–दुई विकेट लिए ।

पहिले ब्याटिङ गरेको मधेस प्रदेशका कुनै पनि ब्याटरले प्रभावकारी प्रदर्शन गर्न सकेनन्। मधेसका लागि अरनिको यादबले सर्वाधिक २३ रन बनाए। २६ बलको सामना गरेका उनले १ छक्का र २ चौका प्रहार गरे। ओपनिङ ब्याटर हरिशंकर शाहले २२ रन बनाए। मधेस प्रदेशका कप्तानसमेत रहेका हरिशंकरले ३३ बलको सामना गर्दा ४ चौका प्रहार गरे।

अभिशेख तिवारीले अविजित ११ रन बनाए। मधेस प्रदेशका अन्य ब्याटरले दोहोर अंकमा रन जोड्न सकेनन्। मधेस प्रदेशले अतिरिक्त रुपमा १५ रन पायो।

प्रतिक्रिया दिनुहोस्