समाचार

जिप दुर्घटना हुँदा तीन जना घाइते

१० माघ २०८०, बुधबार ०५:२८
जिप दुर्घटना हुँदा तीन जना घाइते

१० माघ, पोखरा। पोखरामा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

सराङकोटबाट पोखरा आउँदै गरेको ग ३ च २६०३ नम्बरको जिप पोखरा १८ ग्यारजातीमा दुर्घटनामा परेको हो ।घाइतेमध्ये जिप चालक कृष्णबहादुर थापाको अवस्था गम्भीर छ ।

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।  जिपमा सवार चन्द्रकला थापा, हिमकला थापा सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्