समाचार

भालुको आक्रमणबाट दुई किशोरी गम्भीर घाइते

१० माघ २०८०, बुधबार ०५:२५
भालुको आक्रमणबाट दुई किशोरी गम्भीर घाइते

१० माघ, अछामस्याउँला ल्याउन जङ्गल गएकी दुई किशोरी भालुको आक्रमणबाट गम्भीर घाइते भएकी छन् ।

रामा रोशन गाउँपालिका-५ तडिगैडा निवासी  १९ वर्षीया किरण शाह र १८ वर्षीया पार्वती शाह भालुको आक्रमणबाट गम्भीर घाइते भएकी आफन्त भरत शाहले जानकारी दिए ।

घाइते मध्ये किरण बेहोस रहेको र पार्वती सामान्य रूपमा मात्रै बोल्ने अवस्था रहेको बताइएको छ । दुवैको टाउको र शरीरका विभिन्न स्थानमा चोट लागेको छ । बुधबार बिहान स्याउँला ल्याउन स्थानीय सालिमकोट वनमा बिहान ७:१५ बजेतिर भालुले आक्रमण गरेको आफन्तले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्