भिडियो

दृश्यमा खप्तड शृङ्खला-२ को तेश्रो म्युजिक भिडियो ” गरिदेउ विदा” सार्वजनिक

९ माघ २०८०, मंगलवार १४:२८
दृश्यमा खप्तड शृङ्खला-२ को तेश्रो म्युजिक भिडियो ” गरिदेउ विदा” सार्वजनिक

काठमाडौं। दृश्यमा खप्तड शृङ्खला २ अन्तर्गतको तेश्रो म्युजिक भिडियो ” गरिदेउ विदा” आज मंगलबार गायिका अनिता आचार्यको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।

गीतमा चर्चित गायिका निता आचार्य र सीडी विजय अधिकारीको स्वरमा रहेको छ । सागर बास्तोलाको शब्द रहेको गीतमा ऋषि खड्काले संगीत दिएका छन् ।

खप्तडमा छायाँकन गरिको उक्त म्युजिक भिडियोको एभरेस्ट ग्यालरीबाट औपचारिक रुपमा गत पुस १७ गते पर्यटन बोर्डमा परराष्ट्र मन्त्री एनपी साउद र पूर्व पर्यटनमन्त्री प्रेम आलेद्वरा आयोजित ‘दृष्यमा खप्तड श्रीखला २ ’ समारोहमा गीतको म्युजिक भिडियो विमोचन गरेका थिए।

‘दृष्यमा खप्तड शृंखला २’ अन्तर्गतको उक्त म्युजिक भिडियोमा चर्चित मोडेल सनम कठायत र स्मारिका ढकालले अभिनय गरेका छन्। उक्त भिडियोमा मोडेल कठायत नयाँ भूमिका देखिएका छन् ।

उनले सुदूरपश्चिम र कर्णाली प्रदेशको यथार्थ कहानीलाई चित्रण गरेका छन् । भिडियोमा उनी एक दुध बेच्ने किसनको भूमिकामा देखिएका छन् । भिडियोमा माया र प्रेम कथामा आधारित रहेको छ । भिडियोमा चर्चित मोडेल सनम कठायतको अद्भूत अभिनय रहेको छ । साच्चै यो म्युजिक भिडियोमा फिल्म भन्दा राम्रो कहानी र दृश्य हेर्न सकिन्छ।

“मन्द मन्द”, “जिन्दगी त संगै जिउने हो”,“पछ्यौरी”, “किन मरीन म”, “किन मरीन म २”, “धोकेबाज”, ‘दोष,  “पल पल चोट”, “भत्केको घर”,  “तिम्रो याद”, “जिन्दगीको बाटो”,  “अरुलाई माया”, “अर्कै साथी” जस्ता गीतमा आफ्नो अभिनय गरेर दर्शकको मन मुटुमा बसिसकेका मोडेल सनम कठायतले फेरी नयाँ अभिनयले सुदूरपश्चिमको  यथार्थ कथालाई चित्रण गरेर दर्शकको आँखा रसाएका छन् ।

साथै, सुदूरपश्चिमको खप्तडमा छयांकन भएको उक्त भिडियो पर्यटकीय हिसाबले पनि उतिकै राम्रो रहेको छ ।  खप्तड क्षेत्र आसपासको सामाजिक जिवनलाई चित्रण गर्ने प्रयास गरेका छौँ । सबैले माया गर्नु हुन्छ भने आशा रहेको मोडेल सनम कठायतले बताएका छन् ।

जनक सिंहको निर्देशन रहेको भिडियोको सिनेमाटोग्राफी दीपक गिरीको रहेको छ। गीतलाई खप्तड क्षेत्र वरपरका गाउँमा छायांकन गरिएको छ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्