समाचार

२ दिनका लागि निषेधाज्ञा जारी

१३ पुष २०७८, मंगलवार ०२:२३
२ दिनका लागि निषेधाज्ञा जारी

१३ पुस, जनकपुर । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको चक्काजाम असफल पार्न जिल्ला प्रशासन कार्यालय सिरहाले दुई दिनका लागि पूर्वपश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पुस १३ र १४ गते (भोली र पर्सी) विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गरेको सूचना निकालेका हुन् ।

उक्त अवधिभर राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात सञ्चालन हुनेछ भने बाहिर हिँडडुल गर्न, भेला हुन तथा राजनीतिक सभा र गतिविधि गर्न नपाउने सूचनामा उल्लेख छ । सूचनाको उल्लंघन गरेमा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्