समाचार

अमेरिकाको टेक्ससमा भाडाको घरमा गोली चल्दा ३ जनाको मृत्यु, २ जना घाइते

८ माघ २०८०, सोमबार ०१:५१
अमेरिकाको टेक्ससमा भाडाको घरमा गोली चल्दा ३ जनाको मृत्यु, २ जना घाइते

८ माघ,ह्यस्टनअमेरिकी राज्य टेक्ससको हस्टन क्षेत्रमा भाडाको घरमा आइतबार बिहान  भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु  भएको छ ।

साथै अन्य दुई जना घाइते भएको पनि अधिकारीहरूले बताएका छन्। ह्युस्टनको उपनगरीय शहर क्याटीमा भाडाको घरमा २० वर्षका करिब १० देखि २० जना मानिसको भेला भएको अवस्थामा झगडा भएको र गोली हानाहान हुँदा  कम्तिमा पाँच जनालाई गोली लागेको थियो ।

ह्यारिस काउन्टी शेरिफको कार्यालयका अनुसार एकजना पुरुष र एक जना महिलाको घटनास्थलमा मृत्यु भएको र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । त्यसैगरी गोली लागेका अन्य दुई जना अस्पतालमा उपचार गराउन पुगेको स्थानीय प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी  छ  ।

प्रतिक्रिया दिनुहोस्