समाचार

प्रचण्ड विदेश भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई

४ माघ २०८०, बिहीबार ०१:३२
प्रचण्ड विदेश भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई

४ माघ,काठमाडौँप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगान्डा प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् ।

प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले सम्हाल्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवारी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डज्यू युगाण्डाको राजधानी कम्पालामा आयोजना हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औं शिखर सम्मेलनमा सहभागी हुन सम्वत् २०८० साल माघ ४ गते बिहीबार त्यसतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री पूर्णबहादुर खड्काज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ।’

प्रधानमन्त्री प्रचण्ड माघ ७ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्