समाचार

जेलर ३ प्रहरीसहित ७ जना पक्राउ

१२ पुष २०७८, सोमबार १६:३२
जेलर ३ प्रहरीसहित ७ जना पक्राउ

१२ पुस, दाङ ।घोराही कारागारका नाइके यमराज परियार फरार प्रकरणमा कारागारका जेलरसहित सात जना पक्राउ परेका छन्।

घोराहीका जेलर परियार, कारागारका असई रुद्रबहादुर सेन, प्रहरी हवल्दार गणेशकुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, घोराही उपमहानगरपालिका वडा नं. १६ रतनपुरकी विपाशा चौधरी, तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ की समी चौधरी र घोराही होटल प्याराडाइजका सौजन्य खनालसमेत गरी सात जना पक्राउ परेका छन् ।

पक्राउ अनुमति जारी गरेलगत्तै उनीहरुलाई पक्राउ गरेर अनुसन्धान भइरहेको घोराही कारागारको जेलरको जिम्मेवारी सम्हालेका अमर वलीले बताए । कैदी परियार उपचारका बहानामा कारागारबाट निस्केर भागेपछि जेलर यमराज परियारलाई जिम्मेवारीबाट पदमुक्त गरेर आइतबार जिल्ला प्रशासन कार्यालय तानिएको थियो ।

गत बुधबार छालाको उपचारका लागि भन्दै कारागारका नाइके परियारलाई लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर प्रहरी जवान धनबहादुर चौधरी कारागारबाट निस्किएका थिए । तर उनीहरु अस्पताल नगई दुई जना महिलालाई लिएर घोराहीको एक होटलमा पुगेको पाइएको दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले बताए । त्यही बेला कैदी परियार भागेको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्