समाचार

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

१२ पुष २०७८, सोमबार १५:१४
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

१२ पुस, डोल्पा। डोल्पाको मुड्केचुलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जुम्लाबाट सर्मी आउँदै गरेको लु३त २६२५ नम्बरको ट्याक्टर आज बिहान मुड्केचुला-७ गारापारीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी थप दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सहि ठाउँका ५० वर्षीय जंगे सार्की रहेका छन् । त्यस्तै घाइते हुनेमा जुम्ला तातोपानी गाउँपालिका-५ का १९ वर्षीय लक्ष्मण न्यौपाने, मुड्केचुला-९ होर्तमा लंकु बुढा रहेको प्रहरीले जनाएको छ ।  ट्याक्टर चालक बेपत्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्