समाचार

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी चयन

२७ पुष २०८०, शुक्रबार ११:३३
नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी चयन

२७ पुस,झापा। नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । कैलालीको टीकापुरमा चलिरहेको उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनमा अध्यक्ष पदका लागि चौधरीको मात्रै उम्मेदवारी परेको हो ।

बिहीबारबाट सुरु भएको महाधिवेशन नयाँ कार्यसमिति चयन गर्न शुक्रबार भएको मनोनयन दर्ताको समयावधिमा अध्यक्ष पदमा रेशमलाल चौधरीको मात्र उम्मेदवारी दर्ता भएको हो । योसँगै अध्यक्षमा निर्विरोध भएका छन् । तर, यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।

यसअघि पार्टीको संरक्षक रहेका चौधरी २०७४ सालमा कैलाली १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। टीकापुर घटनामा दोषी ठहर भएपछि २०७९ सालको चुनावमा भाग लिन पाएका थिएनन्। राष्ट्रपतिबाट कैद मिनाहा भएपछि उनी राजनीतिमा फर्किएका हुन्।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्विरोध निर्वाचित भएका छन्। यसैगरी, सहमहासचिवमा रामलाल डगौरा, पदम अधिकारी, पवनकुमार साह, दिलकुमार लावती, राजन गुरुङ, प्रेमवती राना र निरबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।

नागरिक उन्मुक्ति पार्टीको वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्विरोध निर्वाचित हुनुभएको छ । सहमहासचिव, सचिव र सहसचिवमा पनि निर्विरोध भएका छन् । अब उपाध्यक्ष र महासचिवमा मतदान हुने छ । सात वटा उपाध्यक्ष पदमा १० जनाको उम्मेदवारी परेको छ भने महासचिवमा तीन जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्