समाचार

ढुंगा प्रहार गरी बज्यै र नातिनीको हत्या

२२ पुष २०८०, आईतवार ०१:५७
ढुंगा प्रहार गरी बज्यै र नातिनीको हत्या

२२ पुस,म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आज दिउँसो भएको घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ ।

धारिलो ढुंगा (छपनी) को प्रहारबाट गम्भीर घाइते भएकी मालिका–७ बिमकी ७० वर्षीया मनीषा र ७ वर्षीया प्रियंका गर्बुजाको हत्या भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए। ‘मनीषाको लुरवाङस्थित घटनास्थलमै ज्यान गएको पाइएको छ,’ उनले भने, ‘हेलिकप्टरबाट पोखरा लगिएकी प्रियंकालाई पनि चिकित्सकले शनिबार नै मृत घोषणा गरेका छन्।’

चिर्पट प्रहार हुँदा घाइते भएकी ६६ वर्षीया अमृता जुग्जालीको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकले जुग्जाली खतरामुक्त भएको बताएका प्रनाउ कुँवरले जानकारी दिनुभयो ।

हजुरआमालाई दरवाङ–मराङ सडकमा रगताम्मे देखेपछि बचाउन गएकी प्रियङ्काको टाउकोमा छपनी प्रहार भएको थियो । प्रियङ्काका भाइ प्रिन्स भने घरको खाटमुनि लुकेर ज्यान बचाएका थिए । मनिषाका छोरा र बुहारी खेतमा काम गर्न गएका समयमा घटना भएको थियो ।

लुरवाङको माथि जङ्गलमा घाँस काट्दै गरेका अमृता र अर्का एक जना महिलामाथि पनि चिर्पट प्रहार भएको थियो । प्रतिकार गर्ने क्रममा अमृता घाइते हुनुभएको हो । बिम तल्लो गाउँ नजिकै एक ट्याक्सी पनि तोडफोड भएको स्थानीयले बताएका छन् ।

यस्तै शनिबार नै चिर्पट प्रहारबाट मालिका–७ बिम तल्लोगाउँकी ६६ वर्षीया अमृता जुग्जाली पनि घाइते भएकी छन्। उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकले जुग्जाली खतरामुक्त रहेको बताएको प्रनाउ कुँवरले जानकारी दिए। जुग्जाली र गर्बुजालाई दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरी हेलिकप्टरबाट पोखरा लगिएको थियो। बज्यैलाई सडकमा रगताम्मे देखेपछि बचाउन गएकी प्रियंकाको टाउकोमा छपनी प्रहार भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्