समाचार

राष्ट्रियसभाको उम्मेद्वार चयन गर्न कांग्रेस बैठक बस्दै

२२ पुष २०८०, आईतवार ०१:४५
राष्ट्रियसभाको उम्मेद्वार चयन गर्न कांग्रेस बैठक बस्दै

२२ पुस,काठमाडौं।नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । नेतृत्वको व्यस्तताका कारण हिजो स्थगित बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार चयन लगायत विषयहरूमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । वर्तमान सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल कांग्रेसमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा मतभेद छ ।

मुख्यसचिव पौडेलले राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए । उनले बैठकमा सहभागी हुन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्