समाचार

उद्योगी र प्राधिकरणबीचको विवाद समाधानमा सरकारले पहल गरोस्-अध्यक्ष ढकाल

२१ पुष २०८०, शनिबार १२:४१
उद्योगी र प्राधिकरणबीचको विवाद समाधानमा सरकारले पहल गरोस्-अध्यक्ष ढकाल

२१ पुस,काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी/व्यवसायी र विद्युत् प्राधिकरणबिचको समस्या समाधानमा सरकारले विशेष प्रयास  गर्नुपर्नेमा जोड दिएका छन् ।

उद्योग वाणिज्य संघ, चितवनको ५७औं वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन समारोहलाई शनिवार सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो जोड दिएका हुन् ।

उद्योग वाणिज्य संघ चितवनको ५७औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले उद्योगको विद्युत् उत्पादन, रोजगारी र राजश्व लगायत अन्य थुप्रै विषयसँग सम्बन्धित रहने बताउँदै उद्योगको विद्युत् जोडेर वार्ता सुरु गर्न सरकारलाई आग्रह समेत गरेका हुन् ।

उनले लगानी सम्मेलनको मुखमा उद्योग बन्द गर्दा नकारात्मक सन्देश जाने बताउँदै यसको दीर्घकालीन समाधानका लागि उच्चस्तरीय आयोग अथवा संयन्त्र जरुरी हुने बताए ।

सरकार र निजी क्षेत्रबिच सहकार्य र एकताले मात्र अर्थतन्त्रलाई पुरानो लयमा लैजान सकिने बताउँदै अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन निजी क्षेत्र र सरकारबिच वास्तविक सहकार्य हुनुपर्ने उनले जोड दिए।

प्रतिक्रिया दिनुहोस्