राजनीति

राष्ट्रियसभा उम्मेदवारको भागबण्डा टुंग्याउन बालुवाटारमा गठबन्धनको बैठक

२१ पुष २०८०, शनिबार १२:३०
राष्ट्रियसभा उम्मेदवारको भागबण्डा टुंग्याउन बालुवाटारमा गठबन्धनको बैठक

२१ पुस,काठमाडौं। आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धन दलबाट साझा उम्मेदवार तय गर्न बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्तारुढ चार दलबीच छलफल चलिरहेको छ ।

यसअघि आजै दिउँसो बसेको गठबन्धन बैठकले एमालेसँग सहकार्य नगरी गठबन्धन दलहरूबीच सिट बाँडफाँट गर्ने निर्णय गरेको थियो। आजै ४ दलबीच सहमति जुटाउने र सरकारमा सहभागी अन्य दलसहितको बैठक बसेर निर्णय लिइने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन्।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा पहिले ३ दलको बैठक बस्ने र फेरि साँझ ५ बजे सत्तारुढ अन्य दलसहित बैठक बस्ने तय भएको बताए । गठबन्धनले आज शनिबारै भागबण्डा टुंग्याउने प्रयास गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्