मुख्य समाचार

केपी ओली र रवि लामिछानेबीच भेटवार्ता

२१ पुष २०८०, शनिबार ०२:४२
केपी ओली र रवि लामिछानेबीच भेटवार्ता

२१ पुस,काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । शुक्रबार ओली निवास भक्तपुरको बालकोटमा भेटवार्ता भएको हो ।

शुक्रवार च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी महासचिव शंकर पोखरेलले दिए । बैठकले ६ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत समेत गरेको छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धनसँग मिल्न खोजेको विषयमा एमालेका शीर्ष नेताले नै विरोध जनाएका छन् । पछिल्लो केही दिनयता एमाले अध्यक्ष केपी ओलीकै आग्रहमा सत्ता गठबन्धनले राष्ट्रियसभामा भाग दिन खोजेको विषय बाहिरिएपछि एमालेभित्रै विरोध भएको हो ।

राष्ट्रियसभाका उम्मेदवार चयन गर्न शुक्रवार बसेको सचिवालयको बैठकमा पनि ओलीले सत्ता गठबन्धन दलसँग भएको छलफलबारे बैठकलाई सामान्य जानकारी गराएका थिए । तर प्रमुख प्रतिपक्षी दल नै कमजोर भएर सत्ता गठबन्धनसँग मिल्न जान खोजेको विषयमा विरोध भएको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्