समाचार

काठमाडौँको यी ठाँउमा आज चार घण्टा बत्ती जाने

२१ पुष २०८०, शनिबार ०२:३५
काठमाडौँको यी ठाँउमा आज चार घण्टा बत्ती जाने

२१ पुस,काठमाडौं। नेपाल विद्युत प्राधिकरणले आज काठमाडौँको चाबहिलदेखि बौद्धलगायत क्षेत्रमा बत्ती जाने जनाएको छ ।

विद्युत लाइन मर्मतको काम भइरहेकोले बिहान १० : ३० बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।डाँछी फिडर सट डाउन गर्दा चाबहिल प्लाजा, केएल टावर, टुसाल, बौद्ध पिपल बोटदेखि जोरपाटीसम्म विद्युत आपूर्ति बन्द हुने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्