समाचार

कस्तो हुन्छ आजको मौसम?

२१ पुष २०८०, शनिबार ०२:३१
कस्तो हुन्छ आजको मौसम?

२१ पुस,काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हुस्सु  र कुहिरो लागेको छ।

शनिबार दिउँसो कोशी, मधेश बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा शनिबार दिउँसोपख हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ। शनिबार बिहान तराई मधेशका भूभागमा लागेको हुस्सु र कुहिरो दिउँसोपख हट्दै जाने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्