समाचार

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

२१ पुष २०८०, शनिबार ०२:१४
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

२१ पुस,काठमाडौं। नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएकाे छ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन तथा समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा राष्ट्रियसभा निर्वाचनबारे छलफल हुनेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन भनिएको छ।

सत्ता गठबन्धनमा राष्ट्रियसभाको निर्वाचनलाई लिएर सिट बाँडफाँटमा अझै सहमति जुट्न सकेकाे छैन। राष्ट्रियसभाको चुनावमा प्रतिपक्षी एमालेलाई पनि सिट दिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावले गठबन्धनमा असन्तुष्टि देखिएको छ।

प्रतिक्रिया दिनुहोस्