जीवनशैली

नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

२१ पुष २०८०, शनिबार ०२:०५
नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

काठमाडौँहामीले दैनिक जीवनमा प्याजको प्रयोग गरिरहेका हुन्छौँ । तरकारीमा स्वादको लागि प्रयोग हुने प्याज स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक छ । रक्तअल्पता, मधुमेह, पत्थरी, कब्जियत जस्ता स्वास्थ्य समस्या भएकालाई प्याजले फाइदा गर्छ ।

प्याज खाएपछि मुखबाट गन्ध आउँछ । सोही कारण कतिले प्याजलाई मन पराउँदैनन् । तर, प्याज खाएपछि केही बेर गन्ध आए पनि निकै हितकारी खाद्यपदार्थ हो । प्याजमा निकै लाभदायक तत्त्वहरू पाइनुका साथै यसमा औषधीय गुण समेत पाइन्छ । प्याजमा भिटामिन बी, सी र फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ ।

हाम्रो भान्सामा कहिल्यै नटुट्ने प्याजको फाइदाहरुको बारेमा कमैलाई थाहा हुन सक्छ । स्वास्थ्यको दृष्टिकोणले निकै राम्रो मानिने प्याजको गुणहरु के-के छन् ?

१. रुघाखोकीमा लाभकारी

रुघाखोकी र कफको समस्यामा प्याज धेरै लाभदायक मानिन्छ । यस्तो बेला प्याज सेवन गर्दा धेरै आराम मिल्छ । कफ जमेको बेला प्याजको रसमा मिश्री मिलाएर खाँदा धेरै फाइदा हुन्छ ।

२. कपालको सुरक्षा कवच

कपाल झर्ने समस्या छ भने प्याज तपाईको समस्याको समाधान हुन सक्छ । प्याजको रस प्रयोग गर्दा कपाल झर्न रोक्छ । साथै प्याजको सेवन नियमित गरेमा कपालको जरा मजबुत हुन्छ ।

३. छालाको लागि फाइदाजनक

प्याजमा एन्टी इम्फ्लामेट्री, एन्टी एलर्जिक, एन्टी अक्सिडेन्ट र एन्टी कार्सिनोजेनिक गुण हुन्छ । यिनै गुणहरुको कारण प्याज धेरै रोगहरुका लागि लाभकारी हुन्छ । प्याजको नियमित सेवनले धेरै रोगहरुलाई भगाँउछ । केही अनुसन्धानहरुले प्याजको नियमित सेवनबाट मानिसहरुको आयु पनि लम्बिने देखाएको छ । यसको साथै छाला चाउरी पर्नबाट पन जोगाउँछ । छालाको चमक पनि बढाउछ ।

४. वीर्यको लागि फाइदाजनक

प्याजको रस र मह मिलाएर खाएमा वीर्य वृद्धि हुन्छ । नपुंसकता हटाउनको लागि प्याज उपयोगी हुन्छ । यौन उत्तेजना बढाउनको लागि वा जागृत गर्नको लागि प्याजले सहायक भुमिका खेल्छ । साथै यौन दुर्वलताबाट पनि बचाउँछ ।

५ .मधुमेहमा फाइदाजनक

मधुमेहको बिरामीहरुको लागि काँचो प्याज धेरै लाभकारी हुन्छ । प्याज खाँदा शरिरमा इन्सुलिन पैदा हुन्छ । शरिरमा सुगरको लेभलको सन्तुलन गर्नमा प्याजको अहम योगदान हुन्छ । शरिरमा इन्सुलिनको मात्रा बढाउन पनि प्याज लाभदायक हुन्छ।

६. रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि

शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि प्याज धेरै फाइदाजनक हुन्छ । यसको नियमित सेवनले धेरै किसिमको रोग लाग्नबाट बचाउँछ ।

७. अपचबाट छुटकारा

धेरैजसो मानिसहरु अपचको समस्याबाट हैरान हुन्छन् । यदि तपाईलाई पनि अपचको समस्या छ भने प्याजको सेवन गर्नुहोस् । प्याजको सेवनबाट शरिरमा पाचक रसको प्रवाह धेरै हुन्छ, जसले खाना पचाउन सहयोग गर्छ । साथै तौल नियन्त्रण पनि गर्छ ।

८. क्यान्सरबाट बचाउँछ

क्यान्सर जस्तो घातक रोगबाट बच्नका लागि प्याज एक राम्रो औषधी बन्न सक्छ । यो अक्सिडेन्टबाट भरपुर हुन्छ । यसमा भिटामीन सी पनि पाइन्छ जसले क्यान्सरको रोकथामको लागि सहयोगी भुमिका खेल्छ ।

९. कानको दुखाई कम

कानमा कुनै पनि प्रकारको समस्या हुँदा प्याजलाई आगोमा हल्का तताएर मनतातो रस निकाल्ने । उक्त रस कानमा हाल्नाले कानको दुखाई एंव अन्य समस्या समाप्त हुन्छ ।

१०. महिनावारीको क्रममा लाभ

महिलाहरुमा महिनावारीसँग जोडिएको समस्या हुँदा प्याजको रसमा मह मिलाएर सेवन गरेमा धेरे लाभदायक हुन्छ । अत्याधिक दुखाई हुँदा पनि प्याजको सेवनले राहत मिल्छ ।

प्रतिक्रिया दिनुहोस्