समाचार

उपत्यकामा हिजोभन्दा आज चिसो कम

२१ पुष २०८०, शनिबार ०१:५७
उपत्यकामा हिजोभन्दा आज चिसो कम

२१ पुस,काठमाडौँकाठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजोभन्दा आज बढेको छ ।

हिजो तीन दशमलव पाँच डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज पाँच दशमलव एक डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहान पौने ६ बजे मापन गर्दा हिजोभन्दा आज एक दशमलव छ डिग्री सेल्सियसले न्यूनतम तापक्रम बढेको मौसमविद् सञ्जीव अधिकारी जानकारी दिनुभयो । हिजो यो वर्षको जाडो सिजनको सबैभन्दा कम तापक्रम मापन गरिएको थियो।

देशका उच्च पहाडी तथा हिमाली भेगमा केही दिनदेखि हिमपात भैरहेकाले चिसो बढ्न सक्ने उहाँले बताउनु भयो । मौसमविद्का अनुसार आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ ।

अहिले मधेस र कोशी प्रदेशका जिल्लामा मौसम आंशिक बदली रहेको तथा तराई मधेसका अन्य जिल्लामा हुस्सु कुहिरो लागेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्