समाचार

एमालेले माग्यो राष्ट्रियसभामा ६ सीट, गठबन्धनको शर्त टीआरसी

१९ पुष २०८०, बिहीबार ०६:४०
एमालेले माग्यो राष्ट्रियसभामा ६ सीट, गठबन्धनको शर्त टीआरसी

१९ पुस,काठमाडौँ।सत्तारुढ गठबन्धनले टीआरसी विधेयकमा सहमति जनाए प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग राष्ट्रिय सभामा सहकार्य गर्न सकिने निष्कर्ष निकालेको छ ।

राष्ट्रियसभामा गठबन्धनसँग नेकपा एमालेले ६ सीट मागेको छ । बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमालेले २० मध्ये ६ सीट मागेको सहभागी एक नेताले बताए । आज गठबन्धनको निष्कर्षविना टुंगिएको छ ।

राष्ट्रियसभामा गठबन्धनसँग नेकपा एमालेले ६ सीट मागेको छ । बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमालेले २० मध्ये ६ सीट मागेको सहभागी एक नेताले बताए । आज गठबन्धनको निष्कर्षविना टुंगिएको छ ।

एमालेले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन दलसँग ६ सिट मागेको छ । एमालेलाई सिट बाँडफाँड गर्ने विषयमा माधव नेपाल भने सकारात्मक नदेखिएको बुझिएको छ । नेपाल एमालेलाई सिट दिने विषयमा छलफल गर्न नसकिने भन्दै बैठक छाडेर हिँडेका थिए ।

त्यो भए आजै कानून समितिको बैठक पनि बस्दैछ । त्यो पास गरौं त्यसपछि सल्लाह गर्न सकिन्छ भनेर हामी उठेका हौं ।’ उनले यसअघि पनि एमालेले टीआरसी विधेयकलाई देखाएरै दुईवटा संसदीय समितिको सभापति लिएको दाबी गरे । एमालेसँगको सीट बाँडफाँट टुंगो नलागेसम्म गठबन्धन दलभित्र पनि नटुंगिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्