समाचार

विमानस्थल भन्सार कार्यालयमा आजदेखि ४ वटा ‘एक्सरे मेसिन’ बाट जाँचपास सुरु

१९ पुष २०८०, बिहीबार ०६:३२
विमानस्थल भन्सार कार्यालयमा आजदेखि ४ वटा ‘एक्सरे मेसिन’ बाट जाँचपास सुरु

१९ पुस,काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा थप एक एक्सरे मेसिन जडान गरिएको छ । ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने जनाइएको छ ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख डा‍‍.टोकराज पाण्डेले विगतका समयमा दुई मात्रै एक्सरे मेसिनबाट जाँचपास हुँदै आएकाको र एउटा मेसिन बिग्रिएको थियो । बिग्रिएको मेसिन पनि बनेकोले आजदेखि थप एउटा एक्सरे मेसिन जडान गरी चारवटाबाट जाँचपास गर्न सुरु गरिएको उनले जानकारी दिए ।

उनले भने, “पहिले दुईवटा मात्रै एक्सरे मेसिनबाट काम भैरहेको र एउटा बिग्रिएको मेसिन पनि बनेकोले आजदेखि चारवटा एक्सरे मेसिनबाट काम सुरु भएको छ । भन्सार एरियाको क्षेत्र साविकको भन्दा दोब्बरले बढाइएको र अवैध सामान तथा सुन आउने एरियाकोमा केही समय लाग्न सक्छ, अन्यथा भन्सार एरियाको जाँचमा अब १० मिनेटमा जाँचपास हुनेछ ।”

नेपाल होटेल तथा पर्यटन प्रशिक्षण प्रतिष्ठान (नाथम) कलेजसँग सम्झौता गरेर १५  विद्यार्थीलाई विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा तीन ‘सिफ्ट’मा गरी काममा खटाइएको प्रमुख डा पाण्डे बताए । उनका अनुसार यसले गर्दा यात्रु तथा विदेशी पर्यटकलाई सेवा प्रवाहमा सहज हुने देखिएको छ ।

यसैगरी विमानस्थल भन्सार कार्यालयले वृद्धवृद्धा अशक्त तथा गर्भवतीका लागि बस्ने व्यवस्थासमेत मिलाएको र भन्सार एरियालाई थप सौन्दर्यकरण गरिएको जनाएको छ । विगतमा  जाँचपास गर्न आधा घण्टा लाग्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्