अर्थ / वाणिज्य

१३ सय रुपैयाँले घट्यो सुनको मूल्य

१९ पुष २०८०, बिहीबार ०६:०४
१३ सय रुपैयाँले घट्यो सुनको मूल्य

१९ पुस,काठमाडौं।आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

बिहिबार छापावाला सुन तोलामा १३ सय रुपैयाँले घटेर १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।  तेजावी सुन तोलाको १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्