समाचार

गठबन्धनकाे बैठकमा सिट बाँडफाँटबारे अझै जुट्न सकेन सहमति

१९ पुष २०८०, बिहीबार ०५:५९
गठबन्धनकाे बैठकमा सिट बाँडफाँटबारे अझै जुट्न सकेन सहमति

१९ पुस,काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता गठबन्धनभित्र राष्ट्रियसभा सदस्य निर्वाचनबारे सिट बाँडफाँटमा अझै सहमति जुट्न नसकेको बताएका छन् ।

बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनका चार दलहरूको बैठकले सिट बाँटफाँटको विषय अझै टुंग्याउन नसकेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक लेखकले सरकारमा सहभागी ४ राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेताहरूको बीचमा छलफल भएको तर सिट बाँटफाँटको विषय टुंगि नसकेको बताए।

“एमालेसँगको संवाद पनि समसामयिक विषयमा जारी रहन्छ, गठबन्धनको संवाद पनि जारी रहन्छ । गठबन्धनका राजनीतिक दलहरूका बीचमा राष्ट्रियसभाकै विषयलाई केन्द्रमा राखेर छलफल भइरहेको छ,” उनले भने, “एमालेसँग समग्रतामा समसामयिक विषयमा छलफल भइरहेको छ ।” न्युज एजेन्सी नेपाल

थप छलफल गर्न बाँकी छ, त्यसका लागि फेरि साँझ, भोलि बिहन बस्ने गरी उठेका छौं।’ प्रमुख सचेतक लेखकले एमालेसँगको छलफल समसामयिक राजनीतिक विषयमा भइरहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्