समाचार

सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

१९ पुष २०८०, बिहीबार ०१:१९
सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

१९ पुस,काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ । गठबन्धनको बैठक आज बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा दलहरूबीच उम्मेदवारको भागबण्डाका विषयमा छलफल हुनेछ । राष्ट्रियसभामा २० सिट खाली हुँदैछ ।

बैठकमा सिट बाँडफाँटका विषयमा छलफल हुने नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डले बताए ।  राष्ट्रिय सभामा खाली हुने एमालेका ९ सिटमा कुन दलले कति लिने भन्ने छलफल भइरहँदा एमाले अध्यक्ष केपी ओलीले एमालेलाई नएक्ल्याउन प्रधानमन्त्री दाहालसँग आग्रह गरेपछि यस विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।

एमालेलाई पनि राष्ट्रिय सभामा समेटेर जान कांग्रेस र माओवादी सकारात्मक रहे पनि नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले सहमति जनाएका छैनन् । राष्ट्रिय सभा निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ । 

प्रतिक्रिया दिनुहोस्