समाचार

अख्तियारद्वारा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन मुद्दा दर्ता

१८ पुष २०८०, बुधबार १२:४२
अख्तियारद्वारा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन मुद्दा दर्ता

१८ पुस,काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतबाट भएको फैसला चित्त नबुझेका मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

भ्रष्टाचार मुद्दाका प्रतिवादीहरू सुरेन्द्र खड्का, जीवन आचार्य, भीमबहादुर कुँवर, हिमालयजीवी उपाध्याय र काशीराम शर्मालाई विशेष अदालतले सफाइ दिएपछि चित्त नबुझी बुधवार सर्वोच्चमा पुनरावेदन मुद्दा दर्ता गरिएका आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कम राजस्व निर्धारण गरी १७ लाख ४० हजार ६६ रुपियाँ भ्रष्टाचार गरेको आरोपमा सुरेन्द्र खड्का, जीवन आचार्य, भीमबहादुर कुँवर, हिमालय जीवीउपाध्याय र काशीराम शर्माविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ख) बमोजिमको कार्य गरी सोही दफामा उल्लेख भए बमोजिमको कसुरमा बिगो रकम १७ लाख ४० हजार ६६ रुपियाँ कायम गरी राजस्व चुहावटको दोब्बर जरिवाना हुन मागदाबी लिइएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्