समाचार

जिल्ला अदालत काठमाडौंबाट हतकडीसहित थुनुवा फरार

१८ पुष २०८०, बुधबार १२:३६
जिल्ला अदालत काठमाडौंबाट हतकडीसहित थुनुवा फरार

१८ पुस,काठमाडौँ। जिल्ला अदालत काठमाडौंबाट हतकडीसहित थुुनुवा फरार भएका छन्।

बुधबार दिउँसो १ बजेतिर म्याद थपका लागि लगिएका सिन्धुपाल्चोकका कमल खड्का हतकडीसहित भागेका हुन्। डलर साट्ने भन्दै लुटपाट गरेको आरोपमा उनी पक्राउ परेका थिए। तर अदालतमा म्याद थपका लागि लैजाँदा उनी अदालतभित्रैबाट हतकडीसहित भागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले बताए।

डलर साट्ने भन्दै लुटपाट गरेको आरोपमा उनीसहित पक्राउ परेका थिए। तर अदालतमा म्याद थपका लागि लैजाँदा उनी अदालतभित्रैबाट हतकडीसहित फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले बताए।

उनलई महाराजगञ्ज बृत्तको टोलीले पक्राउ गरेर म्याद थपका लागि लगेको थियो।

प्रतिक्रिया दिनुहोस्