समाचार

देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा परेको छः गगन थापा

१८ पुष २०८०, बुधबार १२:२५
देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा परेको छः गगन थापा

१८ पुस,काठमाडौँ।कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा परेको बताएका छन्।

देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा हुनु नेपालको प्रजातन्त्रको सबैभन्दा दुःखद् पक्ष भएको उनको भनाइ थियो। उनले राजनीतिक दलहरुसमेत तिनै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा भएको उल्लेख गरे । उनले यतिधेरै पूर्वप्रधानमन्त्रीहरु राजनीतिमा क्रियाशील भएको अरु देशहरुका बारेमा आफूलाई जानकारी नभएको भन्दै यसो हुनु राजनीतिको दुःखद् पक्ष भएको बताए ।

उनले राजनीतिक दलसमेत तिनै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको नियन्त्रणमा भएको उल्लेख गरे। उनले यति धेरै पूर्वप्रधानमन्त्रीहरू राजनीतिमा क्रियाशील भएको अरु देशबारे आफूलाई जानकारी नभएको भन्दै यसो हुनु राजनीतिको दुःखद पक्ष भएको बताए।

उनले देशमा संविधान बनेर आवधिक निर्वाचन हुन थाल्नु सकारात्मक कुरा भए पनि अर्थतन्त्रमा र शासकहरूको प्रवृत्तिमा भने सुधार हुन नसकेको बताए। महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरूलाई विस्थापन गर्ने प्रयास भएको पनि उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्