समाचार

नारायणी र राप्तीमा नदीमा भेटिए दुई सय ६५ गोही र तीन डल्फिन

१७ पुष २०८०, मंगलवार १५:०१
नारायणी र राप्तीमा नदीमा भेटिए दुई सय ६५ गोही र तीन डल्फिन

१७ पुस,चितवन। चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदीमा अनुगमनका क्रममा दुई सय ६५ घडियाल गोही र तीन वटा डल्फिन भेटिएका छन् ।

नारायणीमा तीन भालेसहित एक सय १३ र राप्तीमा तीन भालेसहित एक सय ५२ वटा गोही भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार पुस १ गतेदेखि १५ गतेसम्म दुई नदीमा घडियाल अनुगमन गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका १० जना कर्मचारी अनुगमनमा खटिएको उनले जानकारी दिए ।

घडियाल अनुगमनमा काठ र रबरको डुङ्गा, जिपिएस, क्यामरा, बाइनाकुलरलगायतका सामग्री प्रयोग भएका थिए । अनुगमनका क्रममा तीन वटा डल्फिनसमेत ‘रेकर्ड’ गरिएको तिवारीले जानकारी दिए । यहाँका दुई नदीमा भाले गोहीको अभाव भएपछि विसं २०७४ को पुसमा बर्दियाबाट एउटा भाले गोही ल्याएर राप्ती नदीमा छोडिएको थियो ।

हरेक वर्ष यसै समय नदीमा गोहीको अनुगमन गर्ने गरिन्छ । निकुञ्जका घडियाल गोही प्रजनन् केन्द्र हेर्ने सहायक संरक्षण अधिकृतकको नेतृत्वको टोलीले अनुगमन गर्ने गर्दछ । अनुगमनका क्रममा देखिएका कमी कमजोरीलाई सुधार गरी संरक्षणमा जुट्ने गरिन्छ । तिवारीका अनुसार आउँदो चैत–वैशाखमा नदी किनारमा गोहीको अण्डा सङ्कलन गरेर कसरास्थित प्रजनन् केन्द्रमा बच्चा कोरल्ने गरिन्छ । त्यहाँ बच्चा हुर्काएर पुनः नदीमा छोड्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्