समाचार

डी.ए.भी. कलेजले फुटसल प्रतियोगिता आयोजना गर्दै

१६ पुष २०८०, सोमबार १४:०६
डी.ए.भी. कलेजले फुटसल प्रतियोगिता आयोजना गर्दै

काठमाडौँ। खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले ललितपुरको जावलाखेलमा अवस्थित डी.ए.भी. कलेज (प्लस टु) ले उपत्यकाव्यापी पाँचौँ फुटसल प्रतियोगिता यही मिति २०८० १०/१३ गते तदअनुसार सन् २०२४/१/२७ मा आयोजना गर्ने भएको छ ।

कलेजका प्रिन्सिपल श्री सुमन बस्नेतका अनुसार आफ्नै फुटसल मैदानमा सञ्चालन हुने उक्त देशकै सर्वाधिक धनराशिको प्रतियोगितामा विजेता टिमलाई रु. ३ लाख नगद, ट्रफी तथा प्रमाणपत्र र उपविजेता टिमलाई रु. २ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने जनाउनुभएको छ ।

साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट खेलाडीलाई जनही रु. १५ हजार प्रदान गरिने जानकारी दिनुभएको छ । ऐतिहासिक रूपमा सञ्चालन गरिने उक्त प्रतियोगितामा सुरुमा दर्ता हुने उपत्यकाका ३२ वटा टिमलाई मात्र सहभागी गराइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्