जीवनशैली

यी हुन् अनार खानुका १० फाइदा

११ पुष २०७८, आईतवार १६:२९
यी हुन् अनार खानुका १० फाइदा

काठमाडौँ । अनार स्वास्थ्यका लागि निकै लाभदायक फल हो। विभिन्न वैज्ञानिक अनुसन्धान अनुसार नियमित अनारको सेवनले स्वास्थ्यमा थुप्रै लाभ हुन्छ।

शरीरलाई निकै फाइदा पुर्याउने फलफुलमा अनार पनि पर्छ । अनार बिरामीलाई समेत खुवाइने गरिन्छ । अनारको नियमित सेवनले हाम्रो शरीरमा शरीरमा रगतको कमी हुन नदिइ रगतको मात्रा बढाउने काम गर्छ ।

अनार मुटुका रोगीहरुका लागि समेत लाभदायी हुन्छ भने यसले हृदयघात र स्ट्रोकको जोखिमलाई समेत कम पार्छ । नियमित अनारको जुस पिउने गर्दा शरीरमा उर्जा प्राप्त हुनुका साथै रक्त सञ्चालन प्रक्रियालाई निकै फाइदा गर्छ ।

  • अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
  • अनार खाइरहने व्यक्तिलाई हृदयाघात र स्ट्रोकको जोखिम कम हुन्छ ।
  • अनारमा प्रशस्त मात्रामा आइरन हुने भएकाले रक्त अल्पता भएका बिरामीका लागि लाभदायक हुन्छ ।
  • अनारको नियमित सेवन गर्नाले प्रोस्ट्रेट क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।
  • अनारको नियमित सेवनले छाला चम्किलो बनाउन मद्दत गर्छ ।
  • अनारको नियमित सेवन गर्ने व्यक्तिलाई दाँतसम्बन्धी समस्या बाट छुटकारा मिल्छ ।
  • गर्भवती महिलालाई अनार खान दिने गर्नाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन्छ ।
  • बुढ्यौलीमा बिर्सिने समस्या भएका ब्यक्तिहरुले अनारको सेवन गर्नाले फाइदाजनक हुन्छ ।
  • अनारको नियमित सेवनले यौनशक्ति बढाउन मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्