समाचार

कांग्रेसले भाेली ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने

१६ पुष २०८०, सोमबार ००:५०
कांग्रेसले भाेली ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने

१६ पुस,काठमाडौँ। नेपाली कांग्रेसले सोमबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएको छ।

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केको दिनलाई कांग्रेसले ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवसका रूपमा मनाउँदै आएको छ ।

कार्यक्रम सोमबार दिउँसो १ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुने उनले बताए। कार्यक्रमका लागि नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेमकिपा लगायतका शीर्ष नेतालाई निम्तो दिइएको कांग्रेसले जनाएको छ।

कार्यक्रम सोमबार दिउँसो १ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुने छ । कार्यक्रमका लागि नेकपा ‘एमाले’, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेमकिपा लगायतका शीर्ष नेतालाई निम्तो दिइएको कांग्रेसले जनाएको छ। कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ र राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ लाई भने कार्यक्रममा निम्तो दिएको छैन।

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप लिएर स्वदेश फर्केको दिनलाई कांग्रेसले ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरेको छ।

‘वक्ता धेरै हुने भएकोले निश्चित मापदण्ड बनाइयो। राष्ट्रिय मेलमिलाप भनेपछि बिपीको विचारलाई कार्यान्वयन गर्नका लागि नेपालमा लोकतन्त्र नै मूल विषय हो। प्रजातन्त्र नै मूल विषय हो,’ उनले भने, ‘यो विषयमा लामो समयसम्म योगदान गर्ने मानिसहरू वक्ता रहने भनेपछि नेमकिपाका नारायणमान बिजुक्छे, लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान छ। चित्रबहादुर केसीको योगदान छ। रास्वपा मात्र होइन अरू पनि छुटेका छन्।’

प्रतिक्रिया दिनुहोस्