समाचार

बीमा बोर्डको आचार संहिता: कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाउनेदेखि मोबाइल प्रयोगमा रोकसम्म

१५ पुष २०८०, आईतवार ०८:१८
बीमा बोर्डको आचार संहिता: कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाउनेदेखि मोबाइल प्रयोगमा रोकसम्म

१५ पुस,काठमाडौं।स्वास्थ्य बीमा बोर्डले बोर्डमा कार्यरत कर्मचारीहरुका लागि आचार संहिता जारी गरेको छ। बोर्डले बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आचार संहिता जारी गरेको जनाएको छ।

शुक्रबार बसेको बोर्ड बैठकले कार्यविधि स्वीकृत गर्दै लागू गर्ने निर्णय गरेको बोर्डले प्रेस विज्ञप्तिमार्फत जनाएको छ। यस्तै बैठकले बोर्ड र स्वास्थ्य बीमा कार्यक्रमलाई मर्यादित र अनुशासित बनाउन आचारसंहिता समेत स्वीकृत गरेर लागू गर्ने निर्णय गरेको छ।

स्तै, बोर्डले गरेको अर्को निर्णयमा स्वास्थ्य बीमा बोर्ड र कार्याक्रमको विषयमा धारणा राख्नु पहिले सो विषय सम्बन्धित पदाधिकारीलाई जानकारी गराउनु पर्ने, विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा बोर्डका गोप्य सूचना वा सेवाका मूल्य मान्यता आचरण र सामाजिक मर्यादा विपरितका कार्यहरु गर्न नहुने, सामाजिक सञ्जालमा सबै तहका सरकारको आलोचना गर्न राजनीतिक टिप्पणी गर्न, अपराधमा दुरत्साहन गर्ने तथा राष्ट्रहित विपरितको कुनै टिप्पणी वा लाइक गर्न नपाइने लगयातका विषय आचार संहितामा उल्लेख छ।

यसका साथै, औपचारिक बैठकहरु निर्धारित समयमै सुरु गर्ने र अन्त्य गर्ने, औपचारिक कार्यक्रममा उदघाटन र समापनको समयसिमा आधा घण्टाको हुने, बैठकको समय एक घण्टा कायम गर्ने, जुनसुकै फाइल बारेमा तीन दिन भित्र निर्णय दिने, निर्णय दिन नसक्ने विषय कारण सहित बीमा बोर्ड अध्यक्ष र सदस्यहरुलाई सूचना गर्ने र आचार संहिता पालना भए नभएको अनुगमनको व्यवस्था बीमा बोर्डले गर्ने विषय आचार संहितमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्