जीवनशैली

नराम्रो सपना देख्नु भयो ? यस्तो हुन सक्छ कारण !

११ पुष २०७८, आईतवार १६:२१
नराम्रो सपना देख्नु भयो ? यस्तो हुन सक्छ कारण !

काठमाडौं। सपनाले वास्तविक जीवनका धेरै पक्षबारे जानकारी दिन्छ । कहिलेकाही नराम्रा सपना देखिन्छन् जसका लगि केही विधि अपनाउनु जरूरी छ । यसो गरेको खण्डमा नराम्रा सपनाको दोष कट्टा हुन्छ ।

सपनाका विषयमा केही भ्रम र केही यथार्थ हुन्छ भन्ने मान्यतामा मानिसहरु हुन्छन् । कसैको सपनाको फल तत्काल मिल्छ भन्ने भ्रम पनि पालेका हुन्छन् । यति हुँदा पनि कस्तो सपना देख्दा के फल मिल्छ भन्ने विषय सवैलाई जानकारी नहुन सक्छ ।

  • खराब सपना देखेर व्युँझियो भने फेरि सुतेपछी उत्त सपनाको असर समाप्त हुन्छ।
  • अत्यन्तै अशुभ सपना देखे निम्न श्लोक तीन पटक वा यथाशक्य जप गरे खराब सपनाको फल नष्ट हुन्छ।
  • बिष्णु नारायणं कृष्णं: माधवं मधुसुदनमं
  • हरि नरहरि राम गोविन्द दधिवामनमं ।।
  • भगवान बिष्णुको निम्न आठ नामहरु बिहानको नित्यकर्म सकेर पुर्वतर्फ फर्केर भक्तिपूर्वक स्मरण गरे खराब सपनाको प्रभाव नष्ट हुन्छ।
  • अच्युतं, केशवं, बिष्णुं, हरि सत्यं जनार्दनमां।
  • हंसं, नारायणञ्चैव एतन्नामाठटकं शुभम ।।
  • निम्न मन्त्रको जप दश पटक गर्ने शास्त्रोत्त विधान बताइएको छ।
  • ॐ हीं त्रीं पूर्व दुर्गतिनाशिन्यैमहामायायै स्वाहा।
  • खराब सपनाको अशुभ फल नाश गर्न विहानै उठेर स्नान आदि गरी भगवानको प्रार्थना स्मरण र यथाशक्य दान गर्नु उपयोगी हुन्छ

प्रतिक्रिया दिनुहोस्