समाचार

ग्लोबल आईएमई बैंकले देशभर बृहत् प्रभातफेरी कार्यक्रम गर्दै मनायो १७औँ वार्षिकोत्सव

१५ पुष २०८०, आईतवार ०८:०२
ग्लोबल आईएमई बैंकले देशभर बृहत् प्रभातफेरी कार्यक्रम गर्दै मनायो १७औँ वार्षिकोत्सव

१५ पुस,काठमाडौं। ग्लोबल आईएमई बैंकले आफ्नो १७औँ वार्षिकोत्सव शनिबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गर्दै मनाएको छ ।

आमजनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य शहरहरूमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो ।

यही पुस १७ गतेदेखि ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १६ वर्ष पूूरा भई १७औँ वर्षमा प्रवेश गर्दैछ । काठमाडौँमा आयोजित प्रभात फेरिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरु, बैंक उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

वित्तीय साक्षरता तथा बैंकिङ शिक्षामूलक प्लेकार्ड तथा ब्यानरसहित प्रभातफेरीमा उपस्थित कर्मचारीहरूले काठमाडौंको कान्तिपथस्थित शाखा कार्यालयबाट हिँड्दै शहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौं उपत्यकाबाहिर मुख्यमुख्य शहरहरू परिक्रमा गरेका थिए ।

ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजीक्षेत्रको पहिलो तथा वित्तीय परिसूचकहरूअनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो ।

ग्लोबल आईएमई बैंकले हाल देशभर रहेका आफ्ना ३५५ वटा शाखा कार्यालय, ३७९ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्