खेलकुद

धनगढीलाई ३–२ गोलले हराउँदै ललितपुरले जित्यो एनएसएलको उपाधि

१४ पुष २०८०, शनिबार १४:१२
धनगढीलाई ३–२ गोलले हराउँदै ललितपुरले जित्यो एनएसएलको उपाधि

१४ पुस,काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको छ । आज दशरथ रङ्गशालामा भएको फाइनलमा धनगढी एफसीलाई ३–२ गोलले हराउँदै ललितपुरले उपाधि जितेको हो ।

१–० ले पछि परेको खेलमा कमब्याक गर्दै ललितपुर सिटीले खेल जितेको हो । ललितपुरको जितमा इमोह इजेकीएलले २ गोल गरे भने दिनेश हेम्जनले एक गोल गरे । ललितपुरका लागि पहिलो गोल इमोहले खेलको ४५औं मिनेटमा गरेका थिए । त्यसपछि खेलको ५१औं मिनेटमा दिनेशले गोल गर्दै ललितपुरको अग्रता दोब्बर पारेका थिए । त्यसपछि खेलको ५८औं मिनेटमा इमोहले आफ्नो दोस्रो गोल गर्दै ललितपुरलाई ३–१ को अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफमा ललितपुरले दुई गोल गरेर ३–२ गोलको जित हात पार्‍याे । ललितपुरको जितमा इमोह एजेकेलले २ तथा दिनेश हेन्जनले १ गोल गरे । उपाधि विजेता ललितपुरले ७० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता धनगढीले २० लाख रुपैयाँ प्राप्त गर्‍याे ।

ललितपुरका इमोहले यस सिजनमा ६ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । यस अघि खेलको ३८औँ मिनेटमा धनगढीका अफीज ओलावालेले गोल गर्दै सुरुवाती अग्रता दिएका थिए भने खेलको ९८औं मिनेटमा अहमद हिजाजीले दोस्रो गोल गर्दै धनगढीलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

यस खेलमा खेलको ८०औं मिनेटमा धनगढीका रिचार्ड ओसेलले दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाएका थिए । लिग चरणमा ८ खेलमा २ जित, ४ बराबरी र २ हार ब्यहोरेको ललितपुर सिटीले इलिमिनेटरमा काठमाडौं रेजर्स र दोस्रो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्