समाचार

शुभ श्री अग्नि सिमेन्टको विद्युत् लाइन काटियो

१४ पुष २०८०, शनिबार १३:५६
शुभ श्री अग्नि सिमेन्टको विद्युत् लाइन काटियो

१४ पुस,अर्घाखाँची। नेपाल विद्युत् प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँची शितगङ्गा नगरपालिकामा रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ ।

शितगङ्गा नगरपालिका–८ जलुकेमा अवस्थित सो उद्योगले विद्युत् महसुल र जरिवाना बापतको रु ४७ करोड बक्यौता नतिरेपछि गत रातिदेखि लाइन काटिएको विद्युत् प्राधिकरण अर्घाखाँची शाखाका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए ।

डेडिकेटेड लाइनमार्फत विद्युत् उपयोग गरे बापतको रकम नतिरेपछि लाइन काटिएको शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्