समाचार

एमसिसीमा राष्ट्रघात छैन- प्रधानमन्त्री देउवा

११ पुष २०७८, आईतवार १४:५६
एमसिसीमा राष्ट्रघात छैन- प्रधानमन्त्री देउवा

११ पुस, झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो व्यक्तिगत धारणा राखेको बताएका छन् ।

आइतबार नेकपा माओवादी केन्द्रको महाधिवेशनमा शुभकामना दिन पुगेका प्रधानमन्त्री देउवाले एमसिसी राष्ट्रघाती नभएको र त्यसो भन्नेहरुलाई पढ्न सुझाव दिएका थिए ।

‘मैले एउटा कुरा चाँहि बोल्नैपर्ने भो, एमसीसी राष्ट्रघाती भन्नुभयो, राष्ट्रघाती भन्नेले पढेको छ कि छैन ? थाहा छैन । पहिले पढ्नुपर्‍यो, एमसीसी । कहाँ छ राष्ट्रघाती ? मैले त राष्ट्रघाती कही पढेको छैन,’ देउवाले अघि भने, ‘यदि एमसीसी राष्ट्रघाती हो भने त म पनि चाहदिनँ ।

उनले आफू पनि लामो समय नेपालको राष्ट्रियताको पक्षमा लडेर आएको भन्दै राष्ट्रघात हुने गरी कुनै सन्धि सम्झौता नगर्ने बताए । ‘म पनि नेपालको प्रधानमन्त्री हुँ, नेपालको राष्ट्रियताको खिलापमा जाउँला कहिल्यै ? म पनि राष्ट्रकालागि लडेको मान्छे हुँ, त्यति राष्ट्रघाती सन्धि किन गरुला ? त्यति राष्ट्रघात काम मैले किन गरौँला ?,’ देउवाले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्