बलिउड

‘सलार’ले विश्वभर कति कमायो ?

१२ पुष २०८०, बिहीबार १२:२५
‘सलार’ले विश्वभर कति कमायो ?

१२ पुस,काठमाडौं। चर्चित दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर फिल्म ‘सलार’ले रिलिजको छैटौं दिन बुधबार विश्वभर ५०० करोड भारुको आँकडा पार गरेको छ ।

फिल्मले भारतीय बक्स अफिसमा २९७ करोड भारुको व्यापार गरेको छ । विकडेजमा फिल्मको कमाइमा गिरावट आएको देखिन्छ । शाहरुख खानको फिल्म ‘डंकी’ले भारतीय बक्स अफिसमा अहिलेसम्म १५१ करोड भारु कलेक्सन गरेको छ । राजकुमार हिरानी निर्देशित फिल्मले विश्वभर करिब ३१० करोड भारुको व्यापार गरेको छ । ‘डंकी’, ‘सलार’भन्दा एकदिन रिलिज भएको थियो ।

दक्षिण भारतीय फिल्मका व्यापार विश्लेषक रमेश बालाले भने, ‘सलारले तेलुगू र हिन्दीमा राम्रो प्रदर्शन गरिरहेको छ । दर्शकले यो एक्सन फिल्मलाई रुचाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्