समाचार

चार वर्षीया बालिकालाई जबरजस्ती करणी आरोपमा किशोर पक्राउ

११ पुष २०७८, आईतवार १४:२६
चार वर्षीया बालिकालाई जबरजस्ती करणी आरोपमा किशोर पक्राउ

११ पुस, रुकुम । रुकुम (पूर्व) मा जबरजस्तीकरणीको उद्योगमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सिस्ने गाउँपालिकाका बालकले चार वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पुसको ९ गते घरमै बसिरहेकी बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको भन्दै परिवारले ११ गते प्रहरीमा जाहेरी दिएपछि ती किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी मानबहादुर विसीले बताए ।

चार वर्षीया बालिका आफ्नो (६/७ वर्षका) दाइसँग घरमै बसिरहेकी थिइन् । त्यसै बखत ती किशोर घरमा आएको र दाइलाई एकछिन बाहिर जाउ भनेर पठाइ उनले करणीको प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्