राजनीति

माओवादी महाधिवेशनको बन्दसत्र भोलि ११ बजे सुरु हुने

११ पुष २०७८, आईतवार १४:१९
माओवादी महाधिवेशनको बन्दसत्र भोलि ११ बजे सुरु हुने

११ पुस, काठमाडौं। नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र सोमबार हुने भएको छ ।

माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा सम्पन्न भएको हो । उद्घाटनसत्र सकिएसँगै भोलिबाट बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ । नेता जनार्दन शर्माका अनुसार भोलि बिहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुने छ ।

आज साँझ ८ बजे स्वयंसेवकका लागि चियापानको कार्यक्रम राखिएको छ । देशभरबाट माओवादीका प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन्। १६ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् । यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ ।

उद्घाटन समारोहमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलसहितका राजनीतिक दलका शीर्ष नेताहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्