मनोरञ्जन

अभिनेता सलमान खानलाई सर्पले टोक्यो

११ पुष २०७८, आईतवार ०९:३६
अभिनेता सलमान खानलाई सर्पले टोक्यो

एजेन्सी। बलिउड सुपरस्टार सलमान खानलाई विषरहित सर्पले टोकेको छ । आज विहान उनको पनवेलमा रहेको फार्महाउसमा विषरहित सर्पले टोकेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ ।

उनलाई विष नभएको सर्पले टोकेको जनाइएको छ । उपचारपछि उनी आइतबार बिहान साढे ९ बजे अस्पतालले डिस्चार्ज दिएको छ ।  डिस्चार्ज गरिएको थियो । खान अहिले घरमै आराम गरिरहेका छन् ।

सर्पले टोक्ना साथ उनलाई नजिकैको अस्पताल लगिएको थियो । उपचारपश्चात उनलाई करिब ९ बजे डिस्चार्ज गरिएको थियो । सर्पले सलमानको हातमा टोेकेको जनाइएको छ ।

अहिले उनको अवस्था सामान्य रहेको जनाइएको छ । उनको जन्मदिन नजिकिदैँ गर्दा उक्त घटना घटेको जनाइएको छ । उनको भोली अर्थात २७ डिसेम्बरमा जन्म दिन हो ।

प्रतिक्रिया दिनुहोस्