समाचार

नेपाल टेलिकमले बोलायो साधारणसभा, ४० प्रतिशत लाभांश कहिले सम्मका सेयरधनीले पाउँछन् ?

८ पुष २०८०, आईतवार ०१:५३
नेपाल टेलिकमले बोलायो साधारणसभा, ४० प्रतिशत लाभांश कहिले सम्मका सेयरधनीले पाउँछन् ?

८ पुस, काठमाडौँ।नेपाल दुरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) ले साधारणसभा डाकेको छ। कम्पनीले यस अघि घोषणा गरेको आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांशलाई सभामा प्रस्ताव पारित गर्न आफ्नो १६ औँ वार्षिक साधारण सभा बोलाइएको छ।

कम्पनीले पुस २९ गते, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा बिहान ११ बजे सभा आवहान गरिएको छ।  कम्पनीको कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई ४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो। त्त्यस प्रस्ताव साथै सर्वसाधारण समूहको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने कम्पनीको तयारी छ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गतेदेखि २९ गतेसम्म बुकक्लोज तय गरेको छ । जस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले मात्र कम्पनीको बोलाएको साधारण सभामा भाग लिन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्